Friday 20 January 2023
क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको विमान अवतरण हुन सकेन, कोलकाता फर्कियो६ माघ, काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी फर्किएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको छ ।नेपाल एयरलाइन्सको आरए-४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ ।खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको हो ।
Sunday 8 January 2023
भारतको लखनउमा बस दुर्घटना, ४ जनाको जनाको मृत्यु।
गुजरातबाट कैलालीको टीकापुरका लागि हिँडेको बस लखनउमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। घटनाका एक प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका- १ का नयाँबस्तीका चन्द्रबहादुर साउँद, ज्योतिनगरका ललित साउँद रहेका छन् । बसका चालक तथा एक महिलाको भने सनाखत हुने सकेको छैन । ६६ यात्रु सवार रहेको बसमा १४ जना घाइते भएका छन्। जसमध्ये ३ जना गम्भीर छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरु भारतका विभिन्न शहरबाट घर फर्किरहेका थिए ।बसलाई दुईतर्फबाट अन्य दुईवटा बसले ठक्कर दिएको बताइएको छ । भारतको गुजरात, सुरतलगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालन हुँदै आएको छ ।
Subscribe to:
Posts (Atom)