Sunday 8 January 2023

भारतको लखनउमा बस दुर्घटना, ४ जनाको जनाको मृत्यु।

गुजरातबाट कैलालीको टीकापुरका लागि हिँडेको बस लखनउमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। घटनाका एक प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका- १ का नयाँबस्तीका चन्द्रबहादुर साउँद, ज्योतिनगरका ललित साउँद रहेका छन् । बसका चालक तथा एक महिलाको भने सनाखत हुने सकेको छैन ।  ६६ यात्रु सवार रहेको बसमा १४ जना घाइते भएका छन्। जसमध्ये ३ जना गम्भीर छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरु भारतका विभिन्न शहरबाट घर फर्किरहेका थिए ।बसलाई दुईतर्फबाट अन्य दुईवटा बसले ठक्कर दिएको बताइएको छ । भारतको गुजरात, सुरतलगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालन हुँदै आएको छ ।