Tuesday 12 May 2020

नेपाली भन्छन्- हामी गलिसक्यौं, अझै प्रवेश नदिए सामूहिक मर्छौं

काठमाडौं । नोभेल कोरोना भाइरसका कारण ४८ दिनदेखि सीमा नाका बन्द छन् । देश लकडाउनमा छ भने अन्तर्राष्ट्रिय उडान ठप्प छन् । नेपालजस्तै सीमा जोडिएको छिमेकी भारतमा पनि देशव्यापी लकडाउन घोषणा गरिएको छ । जसका कारण भारतमा रहेका हजारौं नेपाली अलपत्र छन् । 

रोजगारीका लागि भारतका विभिन्‍न ठाउँमा रहेका नेपालीहरुले काम पाएका छैनन् । काम नपाउँदा दैनिक काम गरेर गुजारा चलाउनेहरुलाई हातमुख जोड्‌न पनि धौधौ भयो । पराई देशमा यसरी समस्या झेल्नुभन्दा स्वदेशमै कर्म गर्ने र घरकै रुखोसुखो खाने आशमा पीडाका पहाड छिचोल्दै जन्मभूमिको सीमामा आइपुगे । तर, जब जन्मभूमिको ढोका बन्द भएको देखे, उनीहरु निराश भए । भारतबाट आएकाहरुले नोभेल कोरोना भाइरसको संक्रमण गराउनसक्ने भन्दै उनीहरुलाई नेपालको ढोका बन्द गरियो । 

ad
ad
चीनमा रहेका नेपालीहरुलाई हेलिकोप्टरमा स्वेदश फर्काउने सरकाले हामीलाई किन ढोका बन्द गर्‍यो भन्दै भारतबाट नाराबाजी गरे । तर, केही सीप चलेन । केहीले महाकालीमा हाम्फालेर स्वदेश फर्किन प्रयास गरे पनि प्रहरीले नियन्त्रणमा लियो । यसरी महाकालीमा हाम फालेर आउनेमध्ये एकजना अझै बेपत्ता छन् । बाँकीलाई भारतकै आश्रयमा क्‍वारेन्टाइनमा राखियो । 

घरको आँगनमा पुगेर दलानमा टेक्न नपाएको पीडा एकातिर थियो भने क्‍वारेन्टाइनमा बस्‍ने समय १४ दिन पूरा भएपछि स्वास्थ्य जाँच गरेर स्वदेश फर्किन पाउने आशा पनि थियो । त्यही आशाले क्‍वारेन्टाइनको समस्या र घर परिवारका यादहरु औंला भाचेर १४ दिन कटाए । क्‍वारेन्टाइनमा थप सात दिन बस्‍नुपर्ने भनियो । २१ दिन पनि कट्यो । तर, स्वदेश फर्किन पाएनन् । 

उनीहरुले त्यहीबाट नेपाल फर्किन नपाएको झोंकमा नाराबाजी गरे । भारतको पिथौरागढस्थित क्‍वारेन्टाइनले पनि अब धेरै उनीहरुलाई पाल्‍न नसक्‍ने भन्दै नेपाली प्रशासनलाई जनाएपछि नेपाल सरकारको पहलमा बाध्य भएर ३४ दिनपछि बैतडीको झुलाघाट नाकाबाट १८ वैशाखमा १ हजार २९९ नेपालीको उद्धार गरेर स्वेदश फर्काइयो । उनीहरुलाई स्वेदश फर्काएर १४ दिन क्‍वारेन्टाइनमा राखिएको छ र आरडीटी जाँचपछि मात्रै घर जान दिइने बताइएको छ । 

भारतको दिल्ली, मुम्बई, बैंग्लोरलगायतका सहरबाट फर्किनेएकाहरु पनि अझै भारतमै अलपत्र परेका छन् । करिब ४०-४५ दिनदेखि खटिमाको क्‍वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई त्यहाँ नि:शुल्क खाना खुवाएर राख्‍न नसकिने भन्दै निस्कासन गरिएपछि पैदल हिँडेर नेपाल प्रवेश नाकामा पुगेका थिए । 

उनीहरु ९० किमि हिँडेर शुक्रबार राति खटिमा हुँदै कञ्चनपुरको महाकाली नगरपालिकाको बाबाथान पुगेका थिए । त्यहाँबाट नेपाल प्रवेश गर्न खोज्‍ने क्रममा भारतीय एसएसबीले कुटपिट गरेर लखेट्यो । एसएसबीको कुटाइबाट घाइते भएकाहरु वनबासा हुँदे पैदल हिँडेर फेरि खटिमा पुगे । यसरी तीन दिन लगातार हिँडेका उनीहरुलाई शनिबार दिउँसो भारतीय राष्ट्रिय कांग्रेस उत्तर प्रदेशका महासचिव भुवन कापडीको नेतृत्वमा खाना र पानीको व्यवस्था भयो । 

करिब डेढ महिनापछि एकसाथ पानी र खाना पाएको पहिलोपटक भएको अलपत्र एक नेपालीले बताए । खाना व्यवस्था भए पनि उनीहरुलाई बासको समस्याका कारण सडकमै अलपत्र थिए । शनिबार साँझ ४० जनाको क्षमता भएका बसमा ९०/९० जना राखेर राति साढे ११ बजे रुद्रपुर पुर्‍याइयो । अहिले करिब ३०० नेपाली रुद्रपुर क्‍वारेन्टाइनमा राखिएको सीमामा पुगेर फर्काएका मानबहादुर महराले जानकारी दिए । 



उनले आफूहरु नेपालमै क्‍वारेन्टाइनमा बस्‍न तयार रहेकाले जसरी पनि नेपाल फर्काउन माग गरेका छन् । एउटै कोठामा करिब २०० जना राखिएकोसमेत उनले बताए । एउटै कोठामा २०० जना राखिँदा यदि कसैलाई कोरोना रहेछ भने पनि सबैलाई संक्रमण हुने जोखिम पनि उत्तिकै छ । 

यदि कोरोना संक्रमण भए १४ देखि २१ दिनभित्र लक्षणको विकास हुन्छ र ज्वरो, सुक्खा खोकीजस्ता लक्षण देखिन्छन् । उनीहरु त्यहाँ बसेको ४५ दिनभन्दा बढी भइसकेको छ । यसको अर्थ यसअघिसम्म उनीहरुलाई कोरोना संक्रमण नभएको थाहा पाउन सकिन्छ । आँगनमा पुगेर ढोका बन्द गरिएपछि फर्किएकाहरु भन्छन्, "अब गलिसक्यौं । अझै नेपाल प्रवेश गर्न दिएन भने सामूहिक मर्छौं ।" 

डडेलधुराको पर्शुराम नगरपालिका १०, कुर्मुल्लेका सुशील जोशीले भने, "हामी बाँच्‍न चाहन्छौं । न हामीलाई खाना छ न सुत्‍ने व्यवस्था । यति दिनसम्म त बाँच्यौं । अब त गलिसक्यौं । अझै पनि नेपाल प्रवेश नपाए सामूहिक मर्छौं ।"

उनीसँगैका अन्यले पनि सरकारलाई जसरी पनि आफ्नै देश फर्काउन पहल गरिदिन आग्रह गरिरहेका थिए । उनीहरुले भने, "सरकारले जे-जे भन्छ, त्यही मान्छौं । मर्नै परे आफ्नै भूमिमा मर्छौं । महाकाली पुलका ढोका खोलिदिनुपर्‍यो ।"

'नागरिककों नही बुला रहा नेपाल'
भारतीय पत्रिका अमर उजालाले नेपालले आफ्ना नागरिकलाई स्वदेश नबोलाएको शीर्षकमा समाचार लेखेको छ । भारतको उत्तराखण्ड र उत्तरप्रदेशमा रहेका अन्य पत्रपत्रिकाहरुले पनि नेपाल आफ्ना नागरिक फिर्ता गर्न नचाहेको समाचारहरु लखेका छन् । 

अमर उजालाले लेखेको छ, "नेपाल आफ्ना नागरिकलाई फिर्ता लैजान लापरबाही गरिरहेको छ । कैयौंपटक पत्राचार गर्दा पनि नेपाल आफ्ना नागरिकलाई फिर्ता लैजान उदासीन रवैया देखाइरहेको छ । नेपाली मजदुरको क्‍वारेन्टाइनको अवधि पूरा भइसकेपछि पनि काम उपलब्ध गराउँदा पनि काम गर्न तयार छैनन् । घर फर्किन चाहेका छन् ।" 

भारतले विभिन्‍न मुलुकमा रहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउने अभियान चालेको छ । उनीहरुलाई स्वदेश ल्याएर क्‍वारेन्टाइनमा राख्‍ने व्यवस्था मिलाएको छ । त्यसैगरी भारतभित्रै पनि विभिन्‍न राज्यमा रहेका आप्रवासी मजदुरलाई उनीहरुको राज्यमा फिर्ता गर्न राज्य सरकारमार्फत पहल गरिएको छ । 


तर, नेपालले भने सीमामै पुगेका नेपालीहरुलाई समेत पिठ्युँ फर्काएको छ । नेपालले जेठ १८ सम्म नाका बन्द गरेको छ भने जेठ ५ गतेसम्म लकडाउको अवधि बढाएको छ । भारतमा पनि १७ मे अर्थात् ४ जेठसम्म लकडाउनको अवधि थप गरेको छ । 

नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ भारतमा कोरोना संक्रमितको संख्या ६२ हजारभन्दा बढी पुगेको छ भने दुई हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाको जोखिम बढी भएकाले भारतका विभिन्‍न स्थानमा रहेका नेपालीका आफन्तले नेपालको प्रशासनलाई आफ्ना आफन्तलाई स्वेदश फर्काउन पहल गरिदिन आग्रह गरेका छन

Sunday 3 May 2020

वास्तविकता नबुझी सामाजिक सन्जालमा फोटो भेटेकै भरमा वसन्त जैशी दाइले रामायण जति लामो लेख लेख्न आवस्यक थियो जस्तो मलाई लागेन , यो बेला सबैमिलेर कोरोना महामारी सङ्ग लड्ने बेला हो ! आमाले सबै नागरिकता लिएर आउने जतिलाई राहत दिएको र लिएको देखेर लिएको र पछि फिर्ता गरेको आएको छ , कसैको चरित्र हत्या हुने गरि सामाजिक सन्जालमा नलेखिन हुन सबैमा अनुरोध गर्द्छु ।।

नमस्कार 
यी हुन लम्की बहुमुखी क्याम्पसका स्ववियु सभापति ललित जैशी जसलाई बिगत १८ बर्ष देखि म राम्रोसँग चिन्दछु । 
आज यिनले एउटा काम गरे राहत सामाग्री घर नजिकै आयपछि उनकि आमाले पनि राहत लगिछन् केही समयपछि उनी घर आयर सो कुरा थाहा पायपछि मेरो परिवार राहत आवश्यक पर्ने भित्रको हैन आवश्यकताका आधारमा जो लाई एकदमै खाँचो छ उसलाई बितरण गर्नुपर्छ भनेर फिर्ता गरे । यस्तो महान कामलाई यसरी बङ्गाईयो कि लम्की चुहा नगरपालिकाको पुरै राहत ललित ले कुम्ल्याय वा खाय धेरै टिकाटिप्पणी गरियो । लम्किमा चाहे जो सुकैले राहत बितरण गरोस कसरी गरियको छ सर्बबिधित नै छ । मनपरि बाईक चढ्नेले सम्म राहत बुझे कोहि बोलेनन् राहतकै नाममा वचेको कपडाकै माक्स सम्म बितरण गर्न भ्याय लाज नमानि । ललितको यस्तो महान कामको सिको गर हिम्मत भय नैतिकता भय म राहतका लागि योग्य छैन भन ग्यारेन्टी दिन्छु आधा भन्दा बढि राहत सामाग्री फिर्ता हुन्छ । लुट्न बानि परेकाहरू 
लम्की क्षेत्रको राजनीतिक क्षेत्रमा जुर्मुराउदै गरेको एउटा युवालाई सुझाब दिनुस गलत गर्दा अाैला उठाउनुस राजनैतिक दल भन्दा माथी उठ्न सिक्नुस । कम्तिमा ३० बर्ष पछिको एक निष्ठावान नेता बन्न अभिप्रेरित गरम ।
पार्टिका पत्रकार पार्टीका संचार माध्यम भयको ठाँउ हो लम्कि राम्रोसँग थाहा छ मलाई ।
गलतको खबरदारी राम्रोको सम्मान गर्न सिकाैं ।
जय देश । जय राजनिती