Friday, 10 January 2020

इरानले क्षेप्यास्त्र प्रहार गरेपछि बग्दादको अवस्था के छ? त्यहाँ रहेका एक नेपालीको अनुभव

इरानले आफ्ना एकजना सैन्य जेनरलको हत्याको बदलास्वरूप इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गर्न थालेपछि त्यहाँ युद्ध भड्कने खतरा बढिरहेको बताइएको छ।

तर द्वन्द्वग्रस्त इराकमा करिब १५ हजार जति नेपालीहरू कार्यरत रहेको त्यहाँस्थित नेपालीहरूले बताएका छन्।

नेपालीहरू सुरक्षा गार्ड, सेफ, वेटरका साथै घरेलु कामदारका रूपमा समेत कार्यरत छन्।

'अमेरिका-इरान युद्ध नभए पनि नेपालको अर्थतन्त्रमा असर पर्न सक्छ'
दुई दशकदेखि इरानमा कार्यरत एक नेपाली भन्छन्, 'हामी सुरक्षित छौँ'
इरान-अमेरिका तनाव बढ्दा उनीहरूको लडाइको केन्द्र इराक हुने देखिएका बेला विभिन्न देशहरूले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन थालेका छन्।

इराक हेर्ने कुवेतस्थित नेपाली दूतावासले पनि केही नेपालीहरूसँग सम्पर्क गरेको बताइएको छ।

इरानले इराकस्थित अमेरिकी सैन्य हवाई केन्द्रहरूमा क्षेप्यास्त्र प्रहार गरेपछि इराको राजधानी बग्दादको अवस्थाबारे बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले त्यहाँको एउटा होटलमा कार्यरत गोरखाका जीतमान गुरुङसँग गरेको कुराकानी:

बम हान्यो भन्ने सुनिन्छ
मेरो घर गोर्खा हो। म इराक आएको नौ वर्षजति भयो। म बग्दादस्थित एउटा होटलमा काम गर्छु।

हाम्रो होटल बग्दादको ग्रीन जोन (यस क्षेत्रमा प्राय: दूतावासहरू रहेका छन्) भनिने क्षेत्र नजिकै रहेको छ।

यहाँबाट १० मिनेट हिड्दा ग्रीन जोन पुगिन्छ। अहिले स्थिति खासै गाह्रो छैन। तर गएराति चाहिँ बम हान्यो भन्ने सुनियो।

इराकीहरूले बम पड्कियो भनिरहेका छन्। अहिले त ठिकै छ तर दुईचार दिनपछि अलि खतरै हुन्छ कि भन्ने 
जीतमान बग्दादस्थित एउटा होटलमा कार्यरत छन्
दूतावासबाट कल आयो
म होटल भित्रै भएकाले बम पड

No comments:

Post a Comment