Monday 13 April 2020

लम्कीमा भेटियकाे दाेस्राे काेराेेना केशकाे राम कहानी

 आज कैलालीकाे लम्कीमा थप एक जनामा काेराेनाकाे नयाँ संक्रमण फेला परेकाे छ ।
उनी सहितकाे १७ जनाकाे टाेली जिल्ला प्रशासन कार्यालय पर्साकाे सिफारिसमा केही दिन अघि लम्की पुगेकाे थियाे ।
लम्की चुहा नगरपालिकाकाे लम्की बहुमुखी क्याम्पसमा रहेकाे क्वारेन्टाइनमा उनीहरुलाई राखियाे ।
उनीहरु नेपाल र भारतकाे बिरगञ्ज नाकामा सडकमा बसेर चिया बेच्ने काम गर्नेहरु भयकाे बताईन्छ । ती १७ जना मध्ये केही लक्कीकाे भुरुवा निवासी हुन भने केही त्यहा घर नभयका पनि रहेकाे बताइन्छ । अाज काेराेना संक्रमण पुष्टि भयकी ६५ वर्षिया महिला पनि बिरगञ्ज नाकामा सडकमा बसेर चिया बेच्ने काम गर्ने महिला हुन ।
ती महिलाकाे भुरुवामा अाफ्नाे घर छैन । क्वारेन्टाइनमा बसेकै बेला त्यहा रहेका सबैकाे काेराेनाकाे र्यापिड टेेेेष्ट गरियाे ।
उनी १७ जनाकाे र्यापिड टेष्टमा नेगेटिभ रिपाेर्ट अायाे । क्वारेन्टाइनमा रहेका सबैकाे र्यापिड टेष्ट नेगेटिभ अायाे तर स्यावकाे पिसिअारका लागि उनीहरुकाे नमुना केन्द्रीय प्रयाेगशालामा पठाईएकाे थियाे ।
अाफुहरुकाे र्यापिड टेष्ट नेगेटिभ अायपछि उनीहरु नयाँ वर्ष मनाउन घर जान पाउनु पर्ने माग गर्न थाले । उनीहरुकाे पिसिअारकाे रिपाेर्ट नअाउदै उनीहरुलाई चैत्र २९ गते घर पठाइयाे ।
अाज त्यही १७ जनाकाे समुहमा रहेकी ६५ वर्षकी महिलाकाे रिपाेर्ट पाेजेटिभ अायपछि उनलाई उपचारका लागि सेती अस्पताल पठाइएकाे छ । उनकाे अहिलेकाे अवस्था सामान्य रहेकाे सेती प्रादेशिक अस्पतालका चिकित्सक डाक्टर जगदिश जाेशीले बताउनुभयाे ।
यसका साथै उनिसँगै क्वारेन्टाइन बाट पठाईयका बाँकी १६ जनालाई समेत अाज फेरि लम्की बहुमुखी क्याम्पसकै क्वारेन्टाइनमा राखियकाे छ ।
संक्रमित महिला क्वारेन्टाइनबाट फर्किय पछि बसेका अाफन्तकाे घर र अरु सम्पर्क स्थापना भयकाहरुकाे पहिचान भैरहेकाे र उनीहरुलाई पनि क्वारेन्टाइनमा राखिने साे वडाका अध्यक्ष जनक बमले जानकारी दिनु भयाे ।

No comments:

Post a Comment