Tuesday 21 April 2020

उत्तर कोरियाली नेता किम गम्भीर बिरामी !

एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी परेका छन्। अमेरिकी गुप्तचर निकायलाई उद्दृत गर्दै सीएनएनले जनाएअनुसार एउटा शल्यक्रियापछि उनी गम्भीर बिरामी परेका हुन्।

यही अप्रिलमा परेको उनका हजुरबा किम इल सुङको जन्मजयन्ती समारोहमा अनुपस्थित भएपछि किमको स्वास्थ्यका बारेमा पश्चिमा मिडियाले अड्कल काटेका थिए। त्यसको ४ दिनअघि अर्थात् अप्रिल ११ को सरकारी बैठकमा भने उनी सहभागी भएका थिए ।

No comments:

Post a Comment